Categories समाचार

गापाको स्वामित्वमा रहेको भवन बिना सूचना भत्काउँदा २० लाखको क्षति : अध्यक्ष गुप्ता

Advertisement

वीरगंज । कालिकामाई गाउँपालिकाको वडा नं. २ गदियानीस्थित गाउँपालिकाको कृषि तथा पशु उपशाखाको कार्यालय संचालन रहेको भवन भत्काउने कार्य प्रति गाउँपालिका कार्यालयले आपत्ति जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाको समन्वय विना प्रमुख जिल्ला अधिकारीज्युको निर्देशन भन्दै प्रहरीले बल प्रयोग गर्दै डोजरबाट सो भवन भत्काएकोमा गाउँपालिकाको आपति रहेको जनाएका हुन् ।

Advertisement

मुलुकी देवानी संहिता २०७४ ले सरकारी सार्वजनिक सम्पतीको संरक्षण गर्ने दायित्व जिल्ला स्थित प्रशासन कार्यालय र स्थानिय तहको हुने कानुनी व्यवस्था गरेको हुदाँ पनि स्थानिय तहको समन्वय बेगर विना लिखित सूचना बिदाको दिन एक्कासी ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगी सो भवन डोजरले भत्काउने कार्यले जिल्ला प्रशासनबाट स्थानिय तहको अधिकार कुण्ठित भएको गाउँपालिकाकाे ठहर रहेकाे अध्यक्ष गुप्ताद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

साेही विज्ञप्ती मार्फत गाउँपालिकाले भवन भत्काउने क्रममा स्थानिय गाउँबासीहरुले विरोध गर्दा पनि गाउँबासीहरुको कुरा समेत नसुनि प्रहरीले बल प्रयोग गर्दै स्थानिय गाउँबासीहरु माथी गरेको ज्यादतीको घोर भत्र्सना गरेकाे छ । गाउँपालिकाको स्वामित्वमा आईसकेको सो भवन एक्कासी विना सूचना भत्काउँदा भवनको साथसाथै भवनभित्र रहेको फर्निचर, दराज, फ्रिज लगायत कार्यालयको विभिन्न सामग्रीहरु गरी करिब रु २० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएकाे छ ।

भवन नजिक बाटो छेउमा रहेको चापाकल समेत उखेलेर फालिएको छ । भवन भत्काउँदा त्यसको इँटा लगायतको सामग्रीहरु कहाँ राखिएको बारे पनि गाउँपालिकालाई जानकारी नगराइएकाे गाउँपालिका अध्यक्ष गुप्ताले विज्ञप्ती मार्फत जनाएका छन् ।

सो क्रममा बिरोध गर्ने स्थानिय सर्वसाधारण माथि ज्यादती गर्नुको साथै धरपकड गरिएको थियो । त्यसपछि पनि निरन्तर रुपमा स्थानिय सर्वसाधारणलाई प्रहरी प्रशासनबाट झुठो मुदा चलाउने, फसाउने भनि तर्साउने काम अझै पनि भइरहेको भन्दै अध्यक्ष गुप्ताले प्रहरी प्रशासनलाई त्यस्ता कार्य नगरी निष्पक्ष भई जिम्मेवार रुपमा अगामी दिनमा प्रस्तुत हुन आग्रह समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *