वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा स्मार्ट कन्ट्रोलरूम सञ्चालनमा आएको छ ।
आज शुक्रबार एक कार्यक्रम आयोजना गरि नागरिकसम्म छिटोछरितो सेवा प्रवाह गर्ने उदेश्यले स्मार्ट कन्ट्रोलरूमको उद्घाटन गरिएको हो ।
दैनिक प्रहरी परिचालनलाई व्यवस्थित बनाइ कुनै पनि घटनाका गतिविधीहरूलाई छिटो छरितो सम्बोधन गरी अपराध रोकथाम, नियन्त्रणका साथै शान्ति सुव्यवस्थाको अवस्थालाई प्रभावकारी बनाउने उदेश्यले जिल्ला प्रहरी कार्यालय पर्सामा तयार गरिएको डिजिटल स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याइएको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय परिसरमै तयार गरिएको डिजिटल स्मार्ट कन्ट्रोल रुमको शुभारम्भ पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गरेका हुन ।






