Categories समाचार

वीरगंज महानगरमा उत्कृष्ट काम गर्ने कर्मचारी र राउण्ड टेबल सम्मानित

वीरगंज । वीरगंज महानगरपालिकाले वर्ष भरि गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा महानगरको एक जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ ।

महानगरपालिकाको १५ औं नगरसभाले महानगरको सवारी शाखामा कार्यरत स्काभेटर चालक मंगरु डोमलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको हो ।

Advertisement

सार्वजनिक अतिक्रमित जग्गा नियन्त्रणमा ल्याउन अहोरात्र खटेर उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै उनलाई महनगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराइले संयुक्त रुपमा प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मानित गर्नुभएको हो ।

Advertisement

यस्तै महानगरको शैक्षिक क्षेत्र सुधारका लागि योगदान पुर्याउने संस्था मध्ये राउण्ड टेबल नेपाललाई पनि सम्मानित गरिएको छ । राउण्ट टेबल नेपालले महानगरभित्रका विभिन्न ८ वटा सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मानित गरिएको हो ।

राउण्ड टेबल नेपालले नगरका विभिन्न ८ वटा सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरिएको हो ।
१५ औँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *