Categories एजेन्सी

दागेस्तानका चर्चहरूमा घातक हमला, एक दर्जनभन्दा बढीको मृत्यु

Advertisement

दागेस्तान । रुसको उत्तरी काकेसस गणतन्त्र दागेस्तानमा प्रहरी अधिकारी, गिर्जाघर र सभाघरहरूमा भएको आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ। बन्दुकधारीहरूले पेन्टेकोस्टको अर्थोडक्स उत्सवमा डर्बेन्ट र मखाचकला सहरहरूलाई निशाना बनाएका थिए।

मृत्यु हुनेमा कम्तीमा सात प्रहरी अधिकारी, एक पादरी र एक सुरक्षा गार्ड रहेका छन् । आक्रमणकारीमध्ये ६ जनाको मृत्यु भएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । आक्रमणकारीको पहिचान भइसकेको छैन, तर दागेस्तान विगतमा इस्लामवादी आक्रमणको स्थल रहँदै आएको छ ।

Advertisement

आइतबारको आक्रमणमा दुईवटा गिर्जाघर र दुई सभाघरलाई निशाना बनाइएको थियो। दागेस्तानको सबैभन्दा ठुलो सहर मखाचकलामा अर्थोडक्स चर्चका पादरीको हत्या भएको छ।

Advertisement

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा कालो लुगा लगाएका मानिसहरूले प्रहरीको कारमा गोली हानेको देखाउँछ । डर्बेन्टमा बन्दुकधारीहरूले एउटा सभाघर र एउटा चर्चमा आक्रमण गरेका थिए, जसलाई आगो लगाइयो।

रुसको सबैभन्दा गरिब भागहरू मध्ये एक दागेस्तान एक मुख्य मुस्लिम गणतन्त्र हो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *