Categories एजेन्सी

सोनाक्षी सिन्हाले जहीर इकबालसंग गरिन विवाह

Advertisement

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । कानुनी विवाह गरेपछि जोडीले भने, ‘अब हामी श्रीमान्–श्रीमती हौँ ।’

सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा विवाह गरेका थिए । सोनाक्षी र जहीरको परिवारले न त हिन्दू, न त मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरूले विवाह दर्ता मात्र गरे ।

Advertisement

विवाह दर्ता गरेपछि उनीहरूले आइतबार राति मुम्बईको वर्लीमा रिसेप्शन आयोजना गरेका छन् जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरूको सहभागिता रहेको थियो ।

Advertisement

सोनाक्षी सिन्हा र जहीर इकबालले सेयर गरेको एक इन्स्टाग्राम पोस्टमा आफ्नो विवाहको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको, ‘हाम्रो परिवार र भगवानको आशीर्वादले हामीले विवाह गरेका हौँ ।’

विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य मात्र सहभागी थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *