Categories समाचार

चट्याङबाट कसरी बच्ने?

Advertisement

बिरगंज। विज्ञानशास्त्रका प्राध्यापकका अनुसार चट्याङ ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भन्ने गरिन्छ। तिनै बादल जुधेपछि ठूलो आवाज निस्किने गरेको हो।

‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’

Advertisement

यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ। उनका अनुसार यो जमिनसम्म आउने हो भने सारा सखाप हुन्छ। ‘कुमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले गर्ने हो भौतिक र मानवीय क्षति।

Advertisement

‘त्यो आगोको मुस्लो आएर घरहरू सल्किन्छन्,’ अधिकारी भन्छन्, ‘त्यो पानीले निभाउन सकिन्न।’

चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको र खुला ठाउँमा हिँडिरहेको बखत थिए भन्ने विवरण आउने गरेको छ। विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ। ठूला रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ।

चट्याङबाट बच्न के गर्ने?

प्राध्यापक अधिकारीका अनुसार चट्याङबाट बच्ने उपाय सावधानी हो। चट्याङबाट बच्न घरको वायरिङमा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले बाहिरबाट आउने करेन्टलाई परै फाल्दिन्छ। अर्थिङमा एक प्रकारको इलेक्ट्रिक यन्त्र जडान गरिएको हुन्छ।

बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट बच्नु हो। ठूला रूखका फेदमा नबसेको राम्रो हुने अधिकारी बताउँछन्। ‘बिजुली चम्केका बेला इलेक्ट्रिकल यन्त्रहरू प्रयोग गर्नुहुँदैन,’ अधिकारी भन्छन्, ‘घरमा जडित सर्किटहरू बेला-बेला जाँच गरिरहनुपर्छ, कतै सर्किट लिक भएको छ भने चट्याङले हान्छ।’

त्यसैगरी, अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ। तैपनि कुनै-कुनै बेला टावरमा क्षति गरिरहेकै हुन्छ चट्याङले। यस्ता टावरको वरपर रहने बस्ती बढी जोखिमपूर्ण हुन्छन्। साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *