Categories समाचार

खैरो हिरोइनसहित एक युवक पक्राउ

Advertisement

बिरगंज । कैलालीबाट एक जनालाई लागुऔषधसहित नेपाल प्रहरीले पक्राउ गरेको छ । गएराति जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ तेघरी बस्ने २४ वर्षीय अमित सोव रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले बताए।

Advertisement

सोवको साथबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल १ ग्राम १६० मिलिग्राम फेला परेपछि बरामद गरिएको हो । सोवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा राखी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *