Categories समाचार

युवा नेता यादवको पहलमा सय जना विद्यार्थीलाई ब्याग वितरण

Advertisement

वीरगन्ज । कांग्रेसका युवा नेता राकेश यादवको पहलमा एक बिद्यालयमा अध्यनरत बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरिएको छ ।

पर्साको बहुदरमाइ नगरपालिका अध्यक्षको प्रत्याशी समेत रहेका नेता यादवको विशेष पहलमा साल्ट ट्रेडिङ कर्पोरेसन लि. काठमाडौले सहयोग गरेको ब्याग सोही पालिका स्थित रहेको श्री सरस्वती प्राथमिक बिद्यालयमा अध्यनरत दलित,जेहन्दार तथा गरिब बालबालिकालाई ब्याग वितरण गरिएको हो ।

Advertisement

बिद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि अभिभावक र विद्यार्थीहरुको संयुक्त उपस्थितिमा ब्याग वितरण गरिएको एक स्थानिय ले बताए । युवा नेता यादवले यस कार्यक्रमलाई पालिका स्तरमा गर्ने योजना रहेको बताए ।

Advertisement

वितरण कार्यक्रममा मन्तव्य राख्दै स्थानीयहरुले अबको दिनमा पालिकाको चौतर्फी विकासका लागि यादवजस्तै युवाहरूको आवश्यकता रहेको र आउने दिनमा यस्तै युवाहरूलाई जिताउनुपर्नेमा जोड दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *