Categories अर्थ

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

बिरगंज। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ ।

यस अघि बिहिबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *