वीरगन्ज । वीरगन्जको माईस्थान अतिथि सदनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ महिलासहित २९ जनाले रगत दान गरेका छन् ।
शनिबार बृहस्पति फाउण्डेशन नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा दीपक साह, बाबुनन्द पटेल लगायतकाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
फाउण्डेशनका अध्यक्ष ज्योतितष सम्राट पुरुषोत्तम दुबेको अध्यक्षता तथा प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय सदस्य डा. सुष्मा तिवारी , नारायणाी अस्पतालका वरिष्ठ चिकित्सक डा.नीरज सिंह ,नेबिसंघ पर्साका सभापति रमेश यादव,वीरगन्ज युवा समाजका कमल चौलागाईं,महिला समाज सेवी मिन्टु सिंह लगायतकोपनि उपस्थिति रहेको थियो ।






