Categories समाचार

आठ वर्ष अघि भएको असई विक हत्या प्रकरणमा पूर्व सांसद यादव पक्राउ

Advertisement

बिरगंज। आठ वर्ष अघि भएको सशस्त्र प्रहरीबलका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादवलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी प्रहरीले शनिबार राति उनलाई महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डाबाट पक्राउ गरेको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार पक्राउ परेका यादवलाई आजै जिल्ला अदालत महोत्तरीमा पेश गरिएको छ । लोसपाका नेता समेत रहेका उनी लामोसमयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसदमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निस्कशन गरेपछि लोसपाबाट चुनाव लडे । तर पराजित भए ।

Advertisement

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थम विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको सजाय सुनाएको थियो । एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाई पाएका थिए । यदवफरार यादवसहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *