Categories समाचार

प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जना पक्राउ

Advertisement

वीरगञ्ज । वीरगञ्जबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

Advertisement

भारतको रक्सौलतर्फ जाने यात्रुवाहक अटोमा सवार दुई जनालाई शंकास्पद अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

Advertisement

उनकाअनुसार खानतलासी गर्ने क्रममा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ बस्ने १८ वर्षीय ईमताज आलमले बोकेको कालो झोलाभित्र लुकाईछिपाई राखिएको अवस्थामा पाँच किलो ७२० ग्राम लागुऔषध गाँजा फेला परेको हो ।

Advertisement

ईमताजसँगै सवार भारत पुर्वी चम्पारणको मोतिहारी थाना भेलाही मुसहरवा २ बस्ने २२ वर्षीय नवरेज आलमलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ । 

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *