वीरगन्ज। स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सुखचैनाकी ३५ बर्षिया गीता देवी रहेकी छन् ।
आइतबार परवानीपुरबाट वीरगन्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२७ प ८०९३ नम्बरको स्कुटरले गण्डक चोकस्थित सडकमा पैदलयात्री गीता देवीलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी बयोधा मेडिसिटिी हस्पिटलमा पुरयाइएकोमा उपचारकै क्रममा आइतबारराति उनको मृत्यु भएको हो ।
ठक्कर दिने स्कुटर र त्यसका चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाइएको छ।







