वीरगन्ज । गहवामाईकाे नवनिर्मित मन्दिरकाे १२ बर्ष पुरा भएकाे उपलक्ष्यमा असार २३ गते भब्य रथ यात्रा निकालिँदैछ ।
यसअघी गत बर्ष असार ५ गते पहिलाे पटक गहवाईकाे रथ यात्रा निकालिएको थियाे । भने यस वर्ष दोस्रो पटक रथ यात्रा निकाल्न लागिएको हो ।

गहवामाई मन्दिरमा पुजापाठ गरेर निकालिने रथ यात्रा घण्टाघर हुँदै दुर्गा हल, छपकैया, आदर्शलगायत नगर परिक्रमा पश्चात् मन्दिरमै ल्याउने रुट तय गरिएको जनाइएको छ ।
सो अवसरमा वीरगन्ज महानगरपालिकामा रहेका सबै विद्यालयहरु असार २३ गते बन्द रहने भएका छन्। रथ यात्रा निकालिने भएकाले त्यस दिन महानगरका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द रहने भएका हुन्।

ऐतिहासिक गहवामाईकाे भब्य रथ यात्रा निस्किने भएकाले उक्त रथ यात्रामा बढी भन्दा बढी भक्तजनहरुकाे सहभागीता गराउनका लागि सबै शैक्षिक संस्थामा बन्द गर्ने निर्णय भएकाे सूचनामा उल्लेख गरिएको छ ।



