Categories समाचार

प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुन अब २६ रुपैयाँमा

वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको छ। मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको साल्ट ट्रेडिङका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिएका छन्। बढेको मूल्य मंगलबार मध्यराति १२ बजेदेखि लागू हुनेछ।

नयाँ मूल्यसूचीअनुसार, प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनको मूल्य अब २६ रुपैयाँ पुगेको छ। यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ। त्यस्तै, न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँ पुगेको छ, जुन यसअघि १६ रुपैयाँ थियो।

Advertisement

आयो नुन र न्यू शक्तिको थोक मूल्य क्रमशः २३ र १७ रुपैयाँ रहेको छ। अर्थात् उपभोक्ता मूल्यभन्दा थोक मूल्य ३–३ रुपैयाँ सस्तो रहेको छ। यद्यपि, साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत राखेको छ, जसको मूल्य प्रतिकिलो ९ रुपैयाँमै उपभोक्ताले पाउनेछन्।

Advertisement

साल्ट ट्रेडिङले नुनको मूल्य समायोजनका लागि प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचार समेत गरिसकेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *