Categories समाचार

पुर्पक्षका लागि पूर्व प्रदेश सांसद यादव कारागार चलान

बिरगंज। पूर्व प्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिइएको छ ।

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी असई थमन वि.क. हत्या आरोप लागेका पूर्व प्रदेश सांसद कौशल यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको हो ।

Advertisement

जिल्ला अदालत महोत्तरीको बेन्च नं. ७ बाट न्यायाधीश फनेश्वरी घिमिरेले सो आदेश दिनुभएको हो । सो मुद्दामा पूर्व सांसद यादवलाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश समेत भएको छ ।

Advertisement

मधेश आन्दोलनको क्रममा मारिएका सशस्त्र असई विकको हत्या आरोपमा पूर्व सांसद यादवको हकमा मुद्दा मुल्तबीमा राखिएकोमा अर्कै घटनामा पक्राउ परेका पूर्व सांसद यादवलाई थमन हत्या मुद्दामा अदालत पेश गरिएको थियो । उक्त मुद्दाको सक्कल मिसिल उच्च अदालत जनकपुरमा रहेकोले मिसिल आएपछि मुद्दा मुल्तबीबाट जागेर थुनछेक बहस सुरु भएको थियो । सोही बहसपछि अदालतले यादवलाई पुर्पक्षमा थुनामा राख्नु भनि आदेश दिएको हो ।

तेस्रो मधेश आन्दोलनको समय हत्या गरिएका सशस्त्र प्रहरी असई थमन वि.क.को हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रदीप साह माझी र संजय कुमार साह सहित मोहन ठाकुर,जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख शङ्कर शाही भन्ने रामशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, लोसपा नेता सुरेश पाण्डेय र धर्मेन्द्र रायलाई ज्यान सम्बन्धी महलको १ र १३ (३) नं. बमोजिम कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैदको फैसला सुनाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *