Categories समाचार

उपकार सेवा नेपालद्वारा सिद्धार्थामा पंखा सहयोग

वीरगन्ज । निरन्तर सामाजिक कार्य गर्दै आएको उपकार सेवा नेपालले एक बिद्यालयमा सिलिङ्ग पंखा सहयोग गरेको छ ।

उपकार सेवा नेपालको आर्थिक सहयोगमा वीरगन्ज महानगरपालिका वार्ड न.१४ चिनीमिल स्थित श्री सिद्धार्थ माध्यमिक बिद्यालयमा सिलिङ्ग पंखा प्रदान गरिएको हो ।

Advertisement

भीषण गर्मीलाई मध्य नजर गर्दै विद्यार्थी भाईबहिनीको स्वस्थ्यलाई ख्याल गर्दै १० थान सिलिङ्ग पंखा बिद्यालय प्राङ्गणमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको समाजसेवी प्रकाश थारुले जानकारी गराए ।

Advertisement

संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले बिद्यालयका प्रधानाध्यापक उमेश मिश्रालाई सो पंखा हस्तान्तरण गरेकी हुन ।

सो अवसरमा शिक्षक प्रेमी शंकर रौनियार ,राम अवधेश राय ,चिरञ्जीवी प्रसाद यादव लगायत बिधालयको शिक्षक शिक्षिका विद्यार्थी, संस्थाबाट सदस्यहरु सुमन बगेडिया ,अँकुर शर्मा, सागर सर्राफलगायतको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *