Categories समाचार

मानसिक सन्तुलन गुमाएर चार वर्षदेखि बेपत्ता रविन्द्रको पारिवारिक पुनर्मिलन

पर्सा। भारत झारखण्डस्थित नूरीडिह गाउँका ३२ वर्षीय रविन्द्र लोहरा ४ वर्षपछि घर परिवारको सम्पर्कमा पुगेका छन् । वीरगन्जस्थित मानव सेवा आश्रममा ५ महिना यता आश्रित उनलाई आश्रमका संरक्षक प्रकाश थारु र केन्द्रीय सदस्य देवेश प्रसाद गुप्ताले बिहीबार घरमै पुगेर आफन्तको जिम्मा लगाई पारिवारिक पुर्नमिलन गराएका हुन् ।

मानसिक सन्तुलन बिग्रिएर ४ वर्षअघि रविन्द्र घरबाट हिँडेका थिए । उनी भौतारिँदै वीरगन्ज आएका थिए । वीरगन्जस्थित जिल्ला हुलाक कार्यालय अगाडिको नालामा लडिरहेको अवस्थामा आश्रमको टोलीले २०८० फागुन २६ गते उनको उद्धार गरेको थियो ।

Advertisement

त्यसपछि आश्रम वीरगन्ज शाखामा नियमित औषधोपचार तथा सेवा टहलको कारण हाल उनी पूर्ण रुपमा स्वस्थ भई आफ्नो ठेगाना, घर परिवारको बारेमा समेत जानकारी गराउन थालेपछि आश्रम व्यवस्थापनले उनका आफन्तसँग सम्पर्क गरेर पुनर्मिलन गराएको हो ।

Advertisement

बिहीबार साँझ बुवा जागरण लोहरा, आमा प्रमिला देवी र भाई प्रकाश लोहरालाई ४ वर्ष पछि भेट्दा रविन्द्रले आफूलाई थाम्न सकेनन् । उनी र उनका परिवारजनबीच लामो समय रुवाबासी चलेको थारुले बताए । ‘४ वर्ष पछि छोरालाई भेट्दा रविन्द्रका आमा बुवा र भाई भाव बिभोर भएका थिए,’ थारुले भने, ‘रविन्द्रले आफूले नया जीवन पाएको र घर पुगेर परिवारजन भेट्दा खुसी थाम्न सकेनन् ।’ कान्तिपुर /शंकर आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *