Categories समाचार

देश विपत्तिमा डुबेको बेला विश्वासको मत माग्ने बिडम्बनामा छु : प्रचण्ड

बिरगंज। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारबाट हट्ने निश्चित भइसकेपछि पनि देशभर प्राकृतिक विपत्ति रोक्नका लागि आवश्यक पहल गरेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफू प्रत्यक्ष सहभागी भएर बाढी पहिरो न्युनीकरणमा लागेको बताए। 

उनले देशभर विपत्तिबाट क्षति भइरहेको बेलामा आजै विश्वासको मत माग्ने उचित हुन्छ वा हुँदैन होला भनेर आफूले सोचेको बताए। 

Advertisement

‘निकै ठूलो क्षति भइरहेको छ, हामी एकढिक्का भएर प्रतिवाद गर्नुपर्ने, सतर्कता अपनाउनुपर्ने बेलामा हामी फेरि सरकार परिवर्तन र विश्वासको मत लिने नलिनेतिर केन्द्रीत हुनुपर्ने बिडम्बनाको अवस्थामा छ। कसैलाई दोष दिन लागेको त होइन, तर यो बिडम्बनाको स्थितिमा छौँ,’ उनले भने। 

Advertisement

साथै, उनले गत असार १७ गते नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्यको समझदारी भएपछि पनि क्षती न्युनीकरणमा लागेको दाबी गरे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *