Categories अर्थ

सुनको भाउ अहिलेसम्मकै उच्च

Advertisement

बिरगंज। सुनको भाउले अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ४४ हजार नौ सय रुपैयाँ रहेको थियो । यसअघि गएको आइतवार सुन अहिलेसम्मकै उच्च तोलामा एक लाख ४५ हजार चार सय रुपैयाँ कायम भएर रेकर्ड बनाएको थियो ।

Advertisement

त्यस्तै चाँदीकाे भाउ पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी ताेलाकाे एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घको भनाइ रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *