Categories समाचार

बच्चाको ट्र्याक सुट र पर्दा भेटीयाे तर भेटिएन यात्रु सहितकाे बस

Advertisement

वीरगन्ज । शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डस्थित भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म भेटिएको छैन।

हिजोका लागि सुरक्षा निकायले खोज्ने कार्य स्थगित गरेको थियो । भने आज बिहानैदेखि खोज्ने कार्य सुरु गर्न तालिम प्राप्त प्रहरी परिचालन भइरहेको जानकारी प्राप्त भएको छ ।

Advertisement

सशस्त्र प्रहरीका अनुसार, अहिलेसम्म गाडीको झ्यालको पर्दा र करिब १० वर्षका बच्चाको ट्र्याक सुट फेला परेको छ। उक्त गाडीको पर्दा एन्जल बसेको रहेको प्रहरीले जनाएको छ। उक्त बस सोही पर्दा र ट्र्याक सुट फेला परेकै लोकेसनमा हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

Advertisement

यद्यपि, यसबारे थप प्रमाणीकरण आज (शनिबार) मात्रै हुनेछ।पर्साबाट काठमाडौं र काठमाडौँबाट गौर जाँदै गरेको एञ्जल डिलक्स प्रा।लि।को बस नं। प्र०३००६ ख १५१६ र प्रदेश०३–७०१ २४९५ नम्बरको गणपति डिलक्सको गाडी त्रिशूलीमा खसेको थियो। दुवै बसमा गरेर ५७ बढी मानिसहरू बेपत्ता भएको प्रारम्भिक अनुमान छ। 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *