Categories समाचार

सिमलताल दुर्घटनाः ६५ जनाकै विवरण खुल्यो, भेटिएका १४ शवमध्ये ६ को पहिचान

Advertisement

काठमाडौं । सिमलताल बस दुर्घटनामा परेका सबै यात्रुको विवरण खुलेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ एक विज्ञप्तिमार्फत दुवै बसमा सवार ६५ जनाको विवरण खुलेको जनाएको हो ।

प्रशासनले यात्रुहरूको विवरण पनि सार्वजनिक गरेको छ । वीरगन्जजबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौरका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए । जसमध्ये गणपति बसमा सवार तीन जना बच्न सफल भएका थिए ।

Advertisement

प्रशासनका अनुसार सोमबारसम्म १४ यात्रु मृत अवस्थामा भेटिएका छन् । उनीहरूमध्ये ६ जनाको पहिचान भएको छ । बाँकीको पहिचान हुन सकेको छैन । साभार

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *