Categories खेलकुद

नेपालसहित ६ राष्ट्रले पाए आइसिसी क्रिकेट डेभलपमेन्ट अवार्ड

Advertisement

बिरगंज। नेपाल, ओमान, नेदरल्यान्ड्स, युएई र स्कटल्याण्डसहित ६ राष्ट्रले आइसिसी डेभलपमेन्ट अवार्ड प्राप्त गरेको अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) ले घोषणा गरेको छ।

बुधबार आइसिसीले यसको औपचारिक घोषणा गरेको हो। क्रिकेट खेलको विकासका लागि आइसिसी एसोसिएट सदस्यले गरेका कार्यक्रमलाई प्रोत्सहान गर्न आइसिसीले अवार्ड दिने गरेको छ।

Advertisement

२००२ मा सुरु भएको आइसिसी अवार्ड एसोसिएट देशमा क्रिकेटको विस्तारमा प्रोत्साहन गर्न दिने गरिन्छ।

Advertisement

नेपाल क्रिकेट संघ (क्यान) लाई आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड दिने आइसिसीले घोषणा गरेको छ। यसअघि नेपालले यहिँ विधामा एसिया क्षेत्रको अवार्ड प्राप्त गरेको थियो।

आइसिसीले बुधबार यो विधामा नेपालले ग्लोबल अवार्ड पनि पाएको घोषणा गरेको हो। आइसिसीका अनुसार पछिल्लो वर्ष नेपालको फ्यानबेस फेसबुक लगायतका सामाजिक सञ्जालमा ४ सय प्रतिशत भन्दा बढीको पहुँचमा पुगेको छ। जसका कारण नेपालको क्रिकेट देश र देश बाहिरका दर्शकमाझ प्रचार भएको आइसिसीको भनाइ छ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले अवार्डपछि आइसिसीसँग कुरा गर्दै गर्व लागेको बताएका छन्।

‘हामीलाई अवार्ड पाउँदा निकै गर्व लागेको छ। यसले हाम्रो सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्छ। हाम्रा फ्यानहरू लगायत सम्पूर्ण क्रिकेट समुदाय हाम्रो सबैभन्दा ठूलो शक्ति भएका छन्,’ सचिव खड्काको भनाइ छ, ‘हाम्रा फ्यानले महिला र पुरुष टोलीको खेल प्रवर्द्धन गरेर खेललाई जीवन्त बनाउँन कोशिस गरिरहेका छन्। नेपालमा समावेशी क्रिकेट संस्कृति छ। हाम्रो डिजिटल रणनीतिले फ्यानहरूलाई खेलको नजिक ल्याएको छ। हाम्रो देशमा क्रिकेटका लागि गहिरो सम्बन्ध र जोश छ। यो अवार्डले हामीलाई यस्तो समर्थन जारी राख्न प्रेरित गर्छ। साथै फ्यानलाई नयाँ र रोमाञ्चक बनाउने हाम्रो मिशन हो।’

यस्तै मेक्सिको क्रिकेट संघलाई डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर पुरस्कार दिइएको छ। ओमान क्रिकेटले क्रिकेट-फर-हर कार्यक्रमका लागि १००% क्रिकेट महिला क्रिकेट इनिसिएटिभ अफ द इयर पाएको छ।

नेदरल्यान्ड्सलाई आइसिसी एसोसिएट सदस्य पुरुष प्रदर्शनका लागि उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ।  यूएईले एसोसिएट सदस्य महिला वर्ष प्रदर्शनको अवार्ड जितेको छ।

क्रिकेट स्कटल्यान्डले क्रिकेट फर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ द इयर विधामा पुरस्कार पाएको छ।

यस वर्षका विजेता गत अप्रिलमा घोषणा गरिएको क्षेत्रीय पुरस्कार विजेताको लामो सूचीबाट पहिचान गरिएको थियो। आइसिसीका पूर्ण सदस्यका पदाधिकारी, पूर्वअन्तर्राष्ट्रिय क्रिकेटरहरू र  आइसिसीका विश्वव्यापी साझेदारहरू सम्मिलित प्यानलद्वारा पुरस्कार घोषणा गरिएको हो। साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *