Categories समाचार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी

Advertisement

बिरगंज। नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई आज एक पत्र लेखी ह्वीप जारी गरेको हो।

एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले एमाले सांसदहरुलाई आइतबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन्।

Advertisement

दल सम्बन्धी ऐन, २०७३ को दफा २०२८ र नेकपा एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम एमालेले सो ह्वीप जारी गरेको छ।

Advertisement

चौथोपटक प्रधानमन्त्री बनेका ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। कांग्रेस एमालेसहित ४ दलको नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *