Categories समाचार

गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण

Advertisement

वीरगंज । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ ।

शंसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण गरिएको वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले बताउनुभयो ।

Advertisement

वीरगंज महानगरपालिकाको आयोजना र साहिब दरबार वीरगंज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा विभिन्न जातका विरुवा रोपिएको हो ।

Advertisement

महानगरपालिकाले शंसानघाटलाई स्तरोन्नती गर्दै परिसरलाई हरियाली बनाउन सौन्दर्यकरणको काम गरिरहेको छ । यस्तै आइतबार नै वडा नं. २१ परवानीपुर स्थित शंसानघाट परिसरमा पनि वृक्षारोपण गरिएको छ ।

वृक्षारोपण गर्दै महानगर प्रमुख सिंहले खाली जग्गा तथा घर वरपर हरियाली बनाइ राख्नका लागि बोट विरुवा रोप्न सबैलाई आह्वान गर्नुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *