Categories स्वास्थ्य

वीरगन्ज : मानसिक स्वास्थ्य शिविरबाट १ सय ८५ जना लाभान्वित

वीरगन्ज । वीरगन्ज महानगरको दुई स्थानमा आयोजना गरिएको मानसिक स्वास्थ्य शिविरबाट १ सय ८५ जना लाभान्वित भएका छन् ।

युनिसेफको सहयोगमा वीरगन्ज महानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाले शुक्रबार वडा नम्बर १८ भवानीपुर स्वास्थ्य चौकीको परिसरमा आयोजना गरेको मानसिक स्वास्थ्य शिविरमा विभिन्न उमेर समूहका ३० महिला सहित ९० जनाले चेकजाँच गराएका थिए भने हिजो (सोमबार) २५ महिला सहित ७० जनाले सेवा लिएका हुन ।

Advertisement

महानगरको ग्रामीण र शहरी वडालाई लक्षित गरि दुई स्थानमा भएको शिविरमा सामान्यदेखि गम्भीर मानसिक स्वास्थ्य समस्या देखिनुका साथै परामर्श दिइएको कार्यक्रमका श्रोत व्यक्ति अनिशकान्त कुशवाहाले जानकारी गराए ।

Advertisement

उनका अनुसार २ वर्षदेखि ९४ वर्षसम्म उमेर समूहकाले शिविरमा सहभागी भई लाभ लिएका हुन ।

“मानसिक रोग पनि शारीरिक रोगहरु जस्तै एक प्रकारको समस्या हो जुन उपचार पश्चात ठीक हुन्छ । मानसिक रोग लागेकालाई घृणा र हेलाको नजरले हैन, मायाको नजरले हेरौं । मानसिक रोगीको उपचारमा आजै लागौं, आजको उचित उपचारले भोली हुनसक्ने जटीलता र दुर्घटनाबाट बच्न सकिन्छ ।”

महानगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सोमबार वडा नम्बर १४ मा रहेको स्वास्थ्य चौकीमा सम्पन्न शिविरको अध्यक्ष्ता वडाध्यक्ष महबुब एलाही अंसारीले गरे थिए भने विशिष्ट अतिथिका रुपमा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको उपस्थिति रहेको थियो ।

सो शिविरमा नेशनल मेडिकलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर रामप्रकाश साह र लालबन्दी नगर अस्पतालका मेसु चन्दन चौधरीले चेकजाँच गर्नुका साथै स्वास्थ्य परामर्श दिनुभएको थियो ।

स्वास्थ्यचौकी प्रमुख सचितानन्दले स्वागत मन्तव्य दिएका थिए भने स्वास्थ्य महाशाखा प्रमुख अनिल यादव, ज स्वा नि सुनिल कुर्मी, सि अ न मी निरीक्षक इन्दिरा लोहनी, आयुर्वेद अधिकृत रुपनारायण झा, बाल क्लबका स्वयंसेवकलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *