Categories समाचार

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

Advertisement

बिरगंज। नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

साइबर ब्युरोले रौतहट देवाही गोनाही नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२८ बागबजार बसन् २० वर्षीय मो.जे एच अजवानलाई पक्राउ गरेको हो।

Advertisement

ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार उनलाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको हो।

Advertisement

उनले पीडित नाबालिकालाई फेसबुकमा साथी बनाएर अश्लिल फोटो तथा भिडिओ पठाएको खुलेको छ। त्यस्तै नाबालिकालाई पनि दबाब दिएर त्यस्ता क्रियाकलापलाई रेकर्ड गरेको अनुसन्धानबाट खुलेको हो।

सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै मानसिक यातना एवं चरित्र हत्या गरेको एसपी अवस्थीले बताए ।नाबालिकाकी आमाले अनुसन्धानका लागि ब्युरोमा निवेदन दिएकी थिइन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनलाई पाँच दिन हिरासतमा राख्‍न अनुमति लिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *