Categories अर्थ

२४ सय रुपैयाँले घट्यो सुनको मूल्य

Advertisement

बिरगंज। सुन र चाँदी दुवै सस्तिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ४ सय र चाँदी ५५ रुपैयाँले सस्तिएको हो।

यसअनुसार आज छापावाल सुन १ लाख ४५ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

Advertisement

अघिल्लो दिन छापावाल सुन १ लाख ४७ हजार ४ सय, तेजाबी सुन १ लाख ४६ हजार ७ सय र चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा भने सुन २ हजार ३७४ अमेरिकी डलर र चाँदी २७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *