Categories एजेन्सी

पतञ्जलिलाई ४ करोड जरिवाना गर्ने अदालतको फैसला

एजेन्सी । भारतको बम्बई उच्च अदालतले पतञ्जलि आयुर्वेदलाई ४ करोड भारतीय रुपैयाँ जरिवाना लगाएको छ। मुम्बई उच्च अदालतले अगस्ट २०२३ मा दिएको आदेशको अवज्ञा गरेको ठहर गर्दै यो जरिवाना लगाएको हो।

मुम्बई उच्च अदालतले अगस्ट २०२३ मा पतञ्जलि आयुर्वेदलाई कपुर उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाउन आदेश दिएको थियो।

Advertisement

मंगलम अर्गानिक्सले गत वर्ष एक याचिका दायर गरी पतञ्जलिको कपुर उत्पादनले आफ्नो ट्रेडमार्क उल्लंघन गरिरहेको बताएको थियो।यस निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपुरका उत्पादनहरू बिक्री नगर्न आदेश दिएको थियो।

Advertisement

अदालतको फैसलापछि पनि पतञ्जलिले कपुर उत्पादन बिक्री जारी राखेको निवेदकले दाबी गरेका थिए। जुलाई २ मा पतञ्जलिका तर्फबाट अदालतमा माफी मागेको थियो र अदालतको फैसला पालना गर्ने बताएको थियो।

तर पतञ्जलिले माफी मागे पनि कपुर उत्पादनको बिक्री जारी राखेको भनी अदालतले उसलाई ४ करोड रुपैयाँ जरिवाना गरेको  हो। अदालतले यो जरिवाना तिर्न पतञ्जलिलाई दुई साताको समय दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *