वीरगन्ज । पर्सामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । धोबिनी गाउपालिका वडा नम्वर ५ नहरमा एकजना ३५ वर्षीय पुरुष मृत भेटिएका हुन् ।
तुलसीवर्वा चोकस्थित सडक छेउको नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । सोही वडाका कपिल देव राम आज बिहान ६ बजे मृत भेटिएका पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक भारतीले बताए ।
उनका अनुसार स्थानीयले नहरमा शव देखेपछि प्रहरालाई खबर गरेका थिए । फेला परेको उक्त शव प्रहरी मुचुल्कापछि पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको प्रहरी जानकारी दिए ।
मृतक रामले मादक पदार्थ सेवन गरी नहरमा उनको ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।






