Categories एजेन्सी

हसिनाका छोरा भन्छन्–अब आमाको राजनीतिक पुनरागमन सम्भव छैन

Advertisement

एजेन्सी । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले केही मानिसहरुको भिडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्‍याएको बताउँदै अब आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन् ।

उनले भनेका छन, ‘उनले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन् । उनी सत्तामा आउँदा बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो तर आज यसलाई एसियाको उदीयमान बाघको रूपमा हेरिएको छ ।’

Advertisement

उनले सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने ?’ साजिबले भने, ‘अब उनकी आमाको राजनीतिक पुनरागमन सम्भव छैन ।’

Advertisement

उनले बीबीसीलाई भने, ‘उनी अहिले ७० वर्षको उमेरमा छिन् । उनको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उनको विरुद्धमा विद्रोह गरे । मलाई लाग्छ उनी कहिल्यै पुनरागमन गर्ने छैनन् ।’ आरक्षण विरोधी आन्दोलन चर्किदै गएपछि प्रदर्शन उग्र हुँदा हसिनाले सोमबार पदबाट राजीनामा दिँदै देश छोडेर भारत पुगेकी छन् । उनी छिट्टै लन्डन जानसक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *