Categories समाचार

मधेश सरकारमा मन्त्री भइसकेका आलम दोस्रो पटक बने राज्यमन्त्री

Advertisement

जनकपुरधाम । मधेश सरकारमा मन्त्री भइसकेका नेकपा एमालेका प्रदेश सांसद मोहम्मद जयद आलम दोस्रो पटक राज्यमन्त्री बनेका छन् ।

Advertisement

मुख्यमन्त्री सतिश कुमार सिंहले थपेका पाँच राज्यमन्त्रीमा आलम एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका हुन् । रौतहट क्षेत्र नं.२ (क) बाट जितेका आलम यसअघि महिला बालबालिका युवा तथा खेलकुदमन्त्री भइसकेका छन् ।

Advertisement

दोश्रो कार्यकालमा पहिलो पटक जसपाका सरोजकुमार यादव नेतृत्वको सरकार बन्दा आलम महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका थिए । यधपी केन्द्रमा समिकरण फेरिएपछि लामोसमय मन्त्रीमा टिक्न सकेनन् ।

मन्त्री बनेका आलम राज्यमन्त्री भएपछि सामाजिक संजालमा टिप्पणी भइरहेको छ । साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *