Categories समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

बिरगंज । कोसी प्रदेश सरकारले आज (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीका अनुसार प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको  छ। 

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *