Categories एजेन्सी

बंगलादेशको एटीएम सबै रित्ता, लुटिने डरले राखिएन पैसा

Advertisement

एजेन्सी । बंगलादेशमा अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव भएको छ । प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन । 

वास्तवमा गत ५ अगस्तमा  प्रहरी माथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरू अझै काममा फर्किन सकेका छैनन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ । धेरैजसो प्रहरी चौकीहरू रित्तो भएका छन्, त्यहाँ प्रहरीहरू छैनन् । न त सडकमा ट्राफिक नै रहेका छन । 

Advertisement

एटीएम बुथसम्म नगद पुर्‍याउने सुरक्षाकर्मी काममा नफर्केकाले एटीएममा नगद नभएको बैंकरहरूले बताएका छन् । यसअघि गत अगस्त ७ मा  केन्द्रीय बैंकले सबै बैंकबाट १ दिनका लागि एक लाख रुपैयाँ नगद झिक्न सीमा तोकेको थियो ।

Advertisement

हसिनाको राजीनामा पछि देशमा हिंसा, लुटपाट र आगजनीका घटना बढेका छन् । नयाँ सरकारले पनि अझै सुरक्षा व्यवस्थालाई  नियन्त्रणमा लिइसकेको अवस्था छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *