Categories समाचार

बाबाधाम गएका रामविलास सम्पर्कविहीन, परिवार विच्चलीमा

Advertisement

बिरगंज। भारतको बाबाधाम (देवघर) जल चढाउन गएका सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित पुर्वारी टोलका ५२ वर्षीय रामविलास यादव सम्पर्कविहीन भएका छन् ।

अभिभावक नै सम्पर्कविहीन भएपछि उनको परिवारमा विच्चली भएका छन् । गाउँका अन्य भक्तजनसंग मोटरसाइकलमा भारत झारखण्ड राज्यको देवघर (बाबाधाम) मा जल चढाउन गत आइतबार रामविलास प्रस्थान गरेका थिए । भोलि पल्ट सोमबार साथीहरुसंगै बाबाधाममा चल चढाएर घर फर्किने तयारी गर्दै गर्दा उनी सम्पर्कविहीन भएको सँगै गएका साथीहरुको भनाइ छ ।

Advertisement

फर्किनु अगाडि पण्डा (पुजारी) सित विदा हुन साथीहरु गएका भए पनि घर फर्किन हतारिएका रामविलास भने आफु बस चढेर भए पनि घर फर्कि हाल्ने बताए पनि संगै आएका कारण मोटरसाइकलमै फर्किने साथीहरुले उनलाई सल्लाह दिएका थिए । सोही सल्लाह अनुसार उनको झोला र मोबाइल समेत साथीहरुसंगै रहेको थियो ।

Advertisement

पण्डासित विदा भएर लाँज फर्किदा रामविलास नभेटिदा एक दिन रोकेर भए पनि साथीहरुले भारतीय प्रहरीलाई खोजबिन गरिदिन आग्रह गरेका थिए । भारतीय प्रहरी तथा देवघर मन्दिर समितिलाई पनि उनको फोटो र हुलिया दिएर खोजतलाशका लागि आग्रह गरे पनि अहिलेसम्म कुनै खबर नआएको संगै गएका साथी शिवन यादवले बताए ।

रामविलास बेपता भएपछि अहिले उनको परिवारजनमा रुवावासी चलेको छ । छोरा विवेकले बुवाको खोजीका लागि पहल गरिदिन आग्रह गरेका छन् । साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *