रुकुम पश्चिम । गएको बुधबार आफ्नै घरमा मृत फेला भेटिएकी सानीभेरी गाउँपालिका–४ लामाचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका चौरजहारी नगरपालिका–११ का २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको हो । गत बुधबार बिहान ८ः१५ बजेको समयमा मल्ल आफ्नै घरको तल्लो तलाको पश्चिमतर्फको कोठामा मृत फेला भेटिएकी थिइन् । यही सूचनाका आधारमा अनुसन्धान गर्दा प्रेम मल्लको संलग्नता रहको खुलेको जिल्ला प्रहरी प्रमुख नवराज पोखरेलले जानकारी दिए ।
सुशीलाको हत्या अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी पोखरेलको नेतृत्वमा प्रदेश प्रहरीसहितको विशेष अनुसन्धान टोली परिचालन गरेको थियो । प्रहरीका अनुसार मृतक सुशीला मल्ल र प्रतिवादी प्रेम मल्लबीच डेढ वर्षदेखि सम्बन्ध भए पनि विवाहको विषय महिलाले दबाब दिएपछि हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ । साभार







