Categories धर्म/संस्कृति

वीरगञ्जस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो

Advertisement

वीरगञ्ज । आज साउन महिनाको अन्तिम सोमबारको अवसरमा देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइँचो लागेको छ। विशेषत: वीरगञ्जस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको लाम देखिएको छ।

Advertisement

साउन महिनाको प्रत्येक सोमबार व्रत बसेर भगवान शिवको पूजापाठ गर्ने परम्परा रहेको छ। व्रतालुहरुले आज विधिपूर्वक व्रत समाप्त गरेका छन्। धर्मशास्त्रका जानकार ज्योतिष प्रेम प्रसाद सुवेदीका अनुसार, साउनको सोमबार भगवान शिवको प्रिय बार मानिन्छ र यस दिन व्रत, पूजापाठ, दान आदि कार्य गर्नाले सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ।

Advertisement

वीरगञ्जको चिनीमिल आवास क्षेत्रभित्र रहेको पशुपतिनाथ मन्दिरमा हजारौं श्रद्धालुहरुले पूजापाठ गरेका छन्। यस्तै, वीरगञ्जकै अलखिया मठमा पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति देखिएको छ, जहाँ दर्शनार्थीहरुले नुहाईधुवाई गरी जल चढाएका छन्।

Advertisement

देशका अन्य प्रमुख शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनहरुको भीड देखिएको छ। काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी महादेव, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा भक्तजनहरुको ताँती लागेको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *