Categories Uncategorized

ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु भएपछि…

Advertisement

वीरगञ्ज । पर्साको वीरगञ्जमा आफ्नै ज्वाइँको कुटपिटबाट एक बृद्धको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका ७ रामटोलका ६५ वर्षीय सीताराम सर्राफको हत्या भएको पर्सा प्रहरीले जानकारी दिएको छ।

उनको हत्या गरेको अभियोगमा प्रहरीले सीतारामका ज्वाइँ वीरगञ्ज १० प्रगती टोलमा डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका १ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफलाई सोमबार दिउँसो पक्राउ गरेको छ।

Advertisement

उनीहरूबीच झैझगडा भएको थियो। कुटपिट हुँदा गम्भीर घाइते भएका सीतारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बताए।

Advertisement

खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *