Categories हाइलाइट-समाचार

मधेश प्रदेशका मुख्यमन्त्रीले  हटाए आठजना राज्यमन्त्री

Advertisement

बिरगंज। मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आठजना राज्यमन्त्रीलाई  हटाएका छन् । २० सदस्यीय जम्बो मुख्यमन्त्री परिषद् बनाएको भन्दै आलोचना भएपछि मुख्यमन्त्री सिंहले आज सबै पार्टीबाट राज्यमन्त्री बनेकालाई हटाएका हुन् ।

कांग्रेसबाट राज्यमन्त्री रहेका रेखा ठाकुर र निलमकुमारी रजक, लोसपाबाट राज्यमन्त्री रामबाबु यादव, एमालेबाट राज्यमन्त्री रहेका  मोहम्मद जैद आलम, केशव राय र शारदा देवी थापालाई हटाइएको छ ।

Advertisement

त्यसैगरी, मुख्यमन्त्री सिंहले आफ्नाे पार्टी जनमतबाट राज्यमन्त्री बनेकी रञ्जुकुमारी मण्डल खङ र शम्भु साहलाई हटाइएको छ ।

Advertisement

केन्द्रीय  गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री सिंहले उनीहरूलाई हटाइएको मुख्यमन्त्री सिंहले बताए । जम्बो मुख्यमन्त्री भएको भन्दै जसपा नेपालनिकट युवा र विद्यार्थी संगठनले आन्दोलन गर्दै आएका थिए । नया पत्रिका / हदिश खुद्दार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *