Categories समाचार

वीरगंज महानगरको लक्ष्य ‘जहाँ खाली, त्यहाँ हरियाली’

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाले ड्राइपोर्ट परवानीपुर सडकलाई हरियाली बनाउन बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

आइसीपीदेखि हरपतगंज चोकसम्मको डिभाइडरमा यस अघि नै वृक्षारोपण गरेर हरियाली बनाइसकेको महानगरले बिहीबार अपौनीतर्फको सडक डिभाइडरमा बृृक्षारोपण गरेको हो ।

Advertisement

ड्राइपोर्टदेखि परवानीपुरसम्मै सडकको डिभाइडरमा बृक्षारोपण गर्ने लक्ष्य महानगरले राखेको छ ।

Advertisement

बृक्षारोपणले हरित सहर बनाउन मद्धत पुग्नुका साथै सडक सौन्दर्य पनि झल्किने भएकाले बृक्षारोपण प्राथमिकताका साथ गर्ने अभियान अघि बढाइएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

महानगरले शंकराचार्यद्वारदेखि गण्डकसम्मको बाइपास सडकमा बृक्षारोपण गरेर यस अघि नै हरियाली बनाउने काम गरिसकेको छ । अब बाँकी रहेका सडक डिभाइडर तथा किनारामा बृक्षारोपण सक्ने कार्यलाई अघि बढाइएको महानगर प्रमुख सिंहले बताउनुभयो ।

‘जहाँ खाली, त्यहाँ हरियाली’ भन्ने लक्ष्य लिएर आफूहरुले सडक डिभाइडर तथा महानगरभित्रका सार्वजनिक तथा ऐलानी जग्गाहरुमा बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिएको बताउनुभयो ।

महानगरले ड्राइपोर्ट परवानीपुर सडकको डिभाइडरमा म्याङ्गो स्टिक, गुल्मोहर, पिपल, समी (फाइकस बेन्जाइना), अशोक, निम लगायत विभिन्न प्रजातीका बिरुवा रोपेको छ । बिहीबार ५ सय बिरुवा रोपिएको महानगरपालिकाको वातावरण शाखा प्रमुख राकेश जयसवालले जानकारी दिए ।

बृक्षारोपण कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, डिभिजन वन कार्यालयका प्रमुख सुनिललाल कर्ण, ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *