Categories एजेन्सी

प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या : अब सीबीआईले जाँच गर्ने

Advertisement

कोलकाता । कोलकाताको आरजी कर अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दा सीबीआईलाई सुम्पिएको छ।  यस मामिलामा सीबीआई अनुसन्धानको बारेमा बोल्दै भाजपा नेता र केन्द्रीय मन्त्री सुकान्त मजुमदारले भने, ‘हामीले सीबीआईको अनुसन्धानमा विश्वास गर्नुपर्छ। तर प्रमाणमा छेडछाड भएको नहोस्।’

‘यो विषयको अनुसन्धान लामो समयदेखि प्रहरीमा थियो। यसअघि पनि सीबीआईलाई ढिलो गरी मुद्दा सुम्पिँदा यस्ता घटना बाहिर आएका छन् । यसले सीबीआईको हातमा केही रहँदैन,’ उनले थपे, ‘प्रमाणहरू घटनास्थलमा नै हुन्छन्  बलात्कार र हत्याजस्ता घटनामा प्रमाणहरू छोटो समयमा नष्ट हुन्छन्।’

Advertisement

यस घटनालाई लिएर शनिबार पनि देशभरका चिकित्सकहरूले विरोध प्रदर्शन गरिरहेका छन् । इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले कोलकाता घटनाको विरोधमा अगस्ट १७ मा सबै मेडिकल सेवा बन्द गर्ने निर्णय गरेको छ ।

Advertisement

सूचनामा आईएमएले लेखेको छ- ‘हामीले अगस्ट १७ गते बिहान ६ बजेदेखि २४ घण्टाका लागि चिकित्सा सेवा बन्द गर्ने निर्णय गरेका छौँ । यस अवसरमा ओपीडी र शल्यक्रिया सेवा बन्द रहनेछन् । यद्यपि यस अवधिमा सबै अत्यावश्यक सेवाहरू जारी रहनेछन्।’

आईएमएको हडतालका बिच देशभरका सरकारी अस्पतालबाट आएका तस्बिरमा अस्पतालमा काम ठप्प भएको देख्न सकिन्छ । -बीबीसी

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *