Categories समाचार

साउदीमा १ महिनामा १६ जना नेपालीको मृत्यु, मृत्युपछि शव ल्याउन लाग्छ १ महिना

Advertisement

साउदी । वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूको मृत्यु हुने संख्या बढ्दो देखिन्छ। गत साउन महिनामा मात्रै विभिन्न कारणल‍े १६ जना नेपालीको मृत्यु भएको छ।

नेपाली दूतावास स्रोतका अनुसार प्राकृतिक तर्फ ४ जना ,अज्ञाततर्फ ३ जना, सडक दुर्घटनातर्फ ५ जना, कार्य दुर्घटनातर्फ १ जना र आत्महत्यातर्फ ३ जना गरी १६ जनाको मृत्यु भएको हो। साथै नेपाली कामदारको मृत्यु संख्या बढ्दो रहेकाले यसलाई रोक्न खानपिन तथा स्वास्थ्य सुरक्षामा जोड दिन आग्रहसमेत गरेको छ।

Advertisement

साउदीको धेरै प्रक्रिया तथा नियम रहनुको साथै मृतकको इन्स्योरेन्स रकम उपलब्ध गराउने भएकाले शव ल्याउन करिब १ महिना लाग्छ। आत्महत्या केसमा अवस्था हेरी ३ महिनासम्म लाग्ने जानकारी दिए।

Advertisement

दुताबास रियादले प्रयोजनमा ल्याएको खुल्ला सुझाव पेटिकामा साउदीमा कार्यरत नेपालीले आफ्ना समस्या तथा सुझाव राख्नेको संख्या बढेको छ। समस्या तथा सुझावलाई दूतावासले सम्बन्धित कर्मचारी तथा सम्बन्धित निकायसँग छलफल गरी समाधानतर्फ लागी परेको बताए।

साउदीमा हाल ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिन्छ। दूतावास रियादले साउदीमा कार्यरत नेपालीले हकहितको लागि दूतावासमा कार्यरत कर्मचारीहरूको कार्य विभाजन अनुसारको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ। अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *