Categories समाचार

सातौं पटकको संविधान पनि असफल हुने महतोको ठोकुवा

Advertisement

वीरगञ्ज। राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले शासक वर्गको गलत नियतको कारण सातौं पटकको संविधान पनि असफल हुने ठोकुवा गरेका छन् ।

जनकपुरधाम विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेको संयोजक महतोले भने, ‘सम्पूर्ण नेपालीका लागि अहिलेसम्म संविधान नै बनेको छैन । आधा बढी नेपालीको प्रतिनिधिलाई बेवास्ता गरी जबरजस्ती संविधान जारी गरिएको थियो ।

Advertisement

यो सातौं संविधान पनि कुन दिन असफल हुन्छ, ठेगान छैन ।’ उनले व्यवस्था, संविधान र सरकार पटकपटक फेरिए पनि जनताको अवस्था नफेरिएको बताए । सरकार रहनु र नरहनुले जनतालाई कुनै फरक नपरेको भन्दै संयोजक महतोले अहिले बनेको सरकारले फरक नपरेको टिप्पणी गरे ।

Advertisement

उनले भने, ‘दुई ठूला दल आफ्नो स्वार्थ पूरा गर्न गठबन्धन सरकार बनाएको छ’, उनले भने, ‘यो गठबन्धनबाट कुनै उम्मिद छैन । सरकारको अनुभूति गर्न नसकेर जनता निराश छन् ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको ब्यानर राम्रो भए पनि अन्तर विषयवस्तु बेइमानी तथा छलकपटपूर्ण रहेको उनले दाबी गरे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *