Categories समाचार

काठमाडौंका स्नुकर सञ्चालकको हत्या आरोपमा बाराका २२ वर्षीय एमके पक्राउ

Advertisement

काठमाडौं । काठमाडौंको शंखमुलमा एक स्नुकर सञ्चालकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१० शंखमुल साइबाबा पार्कस्थित दुई तले घरमा बस्ने ४९ वर्षीय रूपक बान्तवा राईको हत्या आरोपमा प्रहरीले  बारा सिम्रौनगढ नगरपालिका–७ घर भई काठमाडौं–१० साइबाबा पार्कमा बस्ने २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको हो । 

उनलाई बुधबार बिहान सवा १० बजे डेरा कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार पुरानो रिसइबीका कारण रडले प्रहार गरी हत्या गरेको उनीमाथि आरोप छ । । प्रहरीले उनलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वरमा राखेको छ । प्रहरीले घटनामा प्रयोग भएको रड र मृतकको चेक, चस्मा, व्याग र लुगा पनि बरामद गरेको छ ।

Advertisement

‘प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच व्यक्तिगत रिसइबी देखिएको छ, उनी नजिकै बस्ने हुन्, थप अनुसन्धानबाट खुल्छ’, उनले भने ।  सोमबार बिहान १ः५० बजे साइबाबा पार्कस्थित घरको भुइँ तलामा रूपक अचेत र रगताम्य अवस्थामा भेटिएका थिए । उनले सोही ठाउँमा स्नुकर हाउस चलाउँदै आएका थिए ।

Advertisement

स्नुकर हाउसको सोफामा उनी रगताम्य अवस्थामा फेला परेको खबरपछि प्रहरी वृत्त बानेश्वरबाट प्रहरी खटिएको थियो । उक्त टोलीले रूपकलाई उद्धार गरी नजिकैको सिभिल अस्पतालमा पुर्‍याएको थियो । अन्दाजी साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *