Categories समाचार

चोर र चोरी गरेको सामान किन्ने पक्राउ

उर्लाबारी । सुन, मोवाईल फोन र साईकल चोरीमा संलग्न रहेको अभियोगमा १९ वर्षिय एक युवक पक्राउ परेका छन् ।

छुट्टाछुट्टै स्थानमा घर फोडी २ तोला ५ आना सुन, ५ वटा काँचको थाल , ५ थान मोवाईल फोन र ३ वटा साईकल चोरी गरेको अभियोगमा उर्लाबारी वडा नम्बर ६ स्थित चन्द्रमा चोकका सरोज बस्नेत पक्राउ परेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Advertisement

यस्तै प्रहरीले उक्त चोरीको सुन र थाल सस्तो मुल्यमा खरिद गर्ने उर्लाबारी वडा नम्बर ७ की २८ वर्षीया टंकमाया लामिछाने मगरलाई समेत पक्राउ गरेको जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *