Categories स्वास्थ्य

नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा नि:शुल्क शिविर आयोजना

Advertisement

वीरगन्ज । नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा बुधबार वीरगन्जमा नि:शुल्क शिविर आयोजना गरिएको छ।

गीता मन्दिर रोडस्थित ओम श्रीसाई पोलिक्लिनिकमा रेडक्रस साेसाइटी माईस्थान उपशाखाद्वारा आयाेजित शिविरमा १२० जनाकाे मधुमेह र रक्तचाप जाँच गरिएको छ।

Advertisement

शिविरमा जाँच गराएकाहरूलाई आवश्यक्ताअनुसार औषधि वितरणपनि गरिएको रेडक्रस साेसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी माईस्थान उपशाखाका सभापति मदन प्रसाद गुप्ताको सभापतित्व तथा रेडक्रस साेसाइटी मधेस प्रदेशका अध्यक्ष फुलमहम्मद मियाँकाे अध्यक्षतामा भएको शिविरमा ,रेडक्रस साेसाइटी पर्साका सभापति वीरेन्द्र राज कँडेल, उपसभापति मधु राणा, कोषाध्यक्ष महन्थ प्रसाद यादव, दयाशन्कर सिंह, दिनानाथ रौनियार, राजेश्वर चौरासीया, उमेश गुप्ता, वीशम्सेर प्रसाद कुर्मी लगायतको पनि उपस्थिति रहेको थियोे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *