Categories स्वास्थ्य

अस्पतालबाट प्रदान गरिने सबै सेवाको विवरण सार्वजनिक गर्न मन्त्रालयको पत्र

बिरगंज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै प्रतिष्ठान र संघीय अस्पतालहरुलाई अस्पतालबाट बिरामीको उपचारका लागि प्रदान गरिने स्वास्थ्य सेवासँग सम्बन्धित विवरणहरु सार्वजनिक गर्न र अद्यावधिक गर्न पत्र पठाएको छ।

मन्त्रालयले आइतबार प्रतिष्ठान र संघीय अस्पतालहरुलाई पत्र पठाउँदै ओपीडी, आकस्मिक, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी लगायत सबै किसिमका सेवाहरुको विवरण अस्पतालको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी त्यससँग सम्बन्धित डाटा एवं सूचनालाई दैनिक रुपमा अद्यावधिक गर्न भनेको छ।

Advertisement

‘प्रतिष्ठान/अस्पतालबाट बिरामीको उपचारको लागि प्रदान गरिने स्वास्थ्य सेवासँग सम्बन्धित सबै किसिमका सेवाहरु (OPD, Emergency, Radiology, Pathology, Pharmacy, Privileged Service, Insurance Service etc.) अनिवार्य रुपमा अस्पतालको आधिकारिक वेबसाईट, एप्लिकेशन तथा सामाजिक सञ्चाल (Facebook, Twitter, Viber etc.) मार्फत सार्वजनिक गरी उक्त सेवासँग सम्बन्धित डाटा एवं सूचनालाई दैनिक रुपमा अद्यावधिक गर्ने व्यवस्था गर्नुहुन आदेशानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *