Categories समाचार

रास्वपाले बारा जिल्ला सभापति चन्दनलाई गर्यो जिम्मेवारी मुक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारी मुक्त गरेको छ । उनलाई अनुशासनको कारबाहीसहित पार्टीबाट निलम्बन गरिएको हो ।

पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले करिब १५ दिन अगावै पार्टीको प्रदेश कार्यसमितिले उनको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए । ‘उहाँलाई प्रदेश सभापतिले जिम्मेवारी हेरफेर गरेर प्रदेश समिति सदस्य राखेको हो‚’ उनले भने ।

चन्दनमाथि पार्टी केन्द्रीय अनुशासन आयोगमा गुडीकुमारी साहमाथि यौन दुर्व्यवहार गरेको तथा नशालु पदार्थ ख्वाई आशय करणी गरेको भन्दै उजुरी परेको थियो । उक्त उजुरी उपर अनुशासन समितिले पार्टी उपसभापति डीपी अर्यालको समेत उपस्थितिमा छलफल गरेको थियो । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *