Categories राजनीति

समाजवादी युवा संघ नेपालको वीरगन्ज महानगर संयोजकमा आकाश गिरी सर्वसम्मत

वीरगन्ज । समाजवादी युवा संघ नेपालको वीरगन्ज महानगर संयोजक पदमा आकाश गिरी सर्वसहमतिले चयन भएका छन् ।

शुक्रबार जनता समाजवादी पार्टी नेपालको केन्द्रीय महासचिव लालबाबु राउत गद्दी को प्रमुख आतिथ्यमा आयोजित भेलाबाट सर्वसम्मतिले आकश गिरी वीरगन्ज महानगर संयोजक पदमा चयन भएका हुन ।

सो भेलामा प्रदेश सभा सदस्य सिंहासन साह कलवार,जिल्ला अध्यक्ष रामनरेस प्रसाद यादव , घनश्याम बाबु गुप्ता , नगर अध्यक्ष निरञ्जन कुमार पटेल, समाजवादी विद्यार्थी युनियन नेपालको के. सदस्य मो सगीर अली , इकाइ अध्यक्ष दिलखुश देवान, सत्यानन्द गुप्ता, सितेश ठाकुर, राजकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *