Categories समाचार

गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भई जलेर ध्वस्त

धरान । धरानमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ । धरान-१३ स्थित शिव धारामा गुडिरहेको १५० सिसीको पल्सर मोटरसाइकलमा अचानक आगलागी भई जलेर ध्वस्त भएको हो ।

धरान-१५ बाट हतुवागढि भोजपुर कुल पूजा गर्न हिँडेका अमर राईको मोटरसाइकल जलेर ध्वस्त भएको हो । कुदाउँदा कुदाउँदै गरेको को ३० प ४ नम्बरको बजाजको पल्सर मोटरसाइकल जलेर नष्ट भएको धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए।

Advertisement

उनले भने कुद्दाकुद्दै गरेको निजी मोटरसाइकल आगलागी जलेर नष्ट भएपनी कुनै प्रकारको मानवीय क्षति भने नभएको बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *